रामेछाप । वैशाख २ गते,
रामेछापलाई सिन्धुली जिल्लासँग जोड्ने खाँडादेवी गाउँपालिकाको सित्खामा पक्कि पुल निर्माण भए पछि रामेछापको सुनकोसी आसपासका मानिहरुको मुहार फेरिएको छ । पूल निर्माण पछि स्थानीयले सहज रुपमा उपभोग्य सामानहरु घरघरमा पुर्याउन सक्ने भएका छन् ।
रामेछापको खाँडादेवी गाउँपालिका अन्तर्गतको भिरपानीको सित्खामा पक्कि पुल निर्माण भई गएको भदौ महिनाबाट सञ्चालनमा आएको हो । विपिमार्गको सिन्धुली झाँगाझोली रातमाटा नजिकै सुनकोसी नदीमा सो पुल बनेको हो । पुल बनेपछि रामेछापको भिरपानी, पकरबास, मझुवा, खाँडादेवी, दिमीपोखरी, टोकरपुर लगागायतका स्थानीयलाई काठमाडौँ तथा तराईतर्फ आउजाउ जान सजिलो भएको छ । 
सुनकोसीमा पुल नहुँदा स्थानीयहरु उपभोग्य सामानहरु पिठ्यु र राप्mटिङबाट तार्न वाध्य थिए । यसरी सामान ढुवानी गर्दा महंगो हुनुका साथै चाहेको समयमा घरमा पुर्याउन समेत स्थानीयलाई समस्या थियो । अहिले पुल बनेपछि सहज आउजाउका साथै सामान ढुवानीमा समेत सहज र सस्तो भएको स्थानीय उतेन्द्रबहादुर खड्का बताउँछन् । पुल बनेसँगै स्थानीयको सामान ओसार्न बोक्नु पर्ने थाप्लोको नाम्लो र सुनकोसी नदीमा राप्mटीङमा होमिनु पर्ने जोखिम हटेको छ ।
रामेछाप जिल्लाको सुनकोसी किनारका विभिन्न स्थानमा सडक बेनपनि सुनकोसीमा पुल नहुँदा ती स्थानमा जानको लागि सदरमुकाम मन्थली आएर नै घुमेर जानुपर्ने वाध्यता थियो । तर पुल बनेपछि स्थानीयको यात्रा छोटो र सस्तो भएको छ । पुल बनेपछि सितखा पनि बजार केन्द्र बन्न लागेको छ । सित्खामा बजार विस्तार हुने क्रम बढेको छ । सित्खा यस क्षेत्रको बजार केन्द्र समेत बन्ने भएको छ । सित्खा हुँदै मध्येपहाडी मार्गको निर्माण कार्य समेत भई रहेकोले पनि सित्खा बजारकेन्द्र बन्ने सम्भावना बढ्दै गएको छ ।
सित्खाको पुल संचालनमा आएसंगै रामेछाप बासिको मुहार फेरिदै
- प्रकाशित मिति: शनिबार, बैशाख २ २०७४
- तामाकोसी खबर