रामेछाप । चैत २९ गते,
स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम सोमबार रामेछापको पुरानागाउँमा सम्पन्न भएको छ । रामेछाप जिल्लाको मन्थली नरपालिका वडा नम्बर ९ पुरानागाउँ मा भएको सो कार्यक्रम किवसको आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा मानवअधिकार निगरानी समुह पुरानागाउँले आयोजना गरेको हो ।
निगरानी समुहकी अध्यक्ष विना तामाङको अध्यक्षता तथा मन्थली नगरपालिका–९ का वडा सचिव प्रेमबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रामेछापको चिसापानी श्रोत केन्द्रका श्रोत व्यक्ति केदार प्रसाद ढुंगेल, स्वास्थ्य चौकी पुरानागाउँका प्रमुख राजकुमार आरण लगायतले चिसापानी गाविसको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाको बारेमा बोलेका थिए ।
कार्यक्रममा बोल्दै श्रोत व्यक्ति ढुंगेलले निगरानी समुहको खवरदारीले सेवा प्रदायकलाई सचेत बनाएको बताए । उनले स्थानीयले उपभोग गर्ने अधिकारको संरक्षणमा नागरिक निगारनी समुहले उठाउने हरेक कदममा आप्mनो साथ हुने बताए । उनले स्थानीय स्तरमा हुने अनियमितताको खबरदारी गर्न पनि आग्रह गरे ।
कार्यक्रममा बोल्दै स्वास्थ्य चौकीका इञ्चार्ज राजकुमार आरणले निगरानी समुहको सक्रियताको कारण स्वास्थ्य चौकीमा सकिएको औषधि समयमानै ल्याउन सहयोग पुगेको बताए । उनले स्थानीय स्तरमा धेरै विषयहरु उठान गर्नुपर्ने भएकोले ती विषय उठान गर्ने निगरानी समुहलाई आग्रह गरे । वडा सचिव प्रेमबहादुर श्रेष्ठले पुरानागाउँमा कृषि र पशु स्वास्थ्यको सेवा प्रभावकारी हुन नसकेको स्विकार गर्दै यस विषयमा एक पटक आपूmल समन्वय गर्ने र त्यस पछि पनि सुधार हुन नसके नागरिक निगरानी समुहले चाल्ने कदममा आपूmले सहयो गर्ने बताए ।
विभिन्न सामाजिक संस्था, वडा नागरिक मञ्चका संयोजकहरु, मानवअधिकार निगरानी समुहका पदाधिकारीहरु तथा अन्य सरोकारवालाको सहभागिता रहेको सो अन्तरक्रियामा सहभागिले पशु र कृषिका प्राविधिक नियमित नवस्दा समस्या परेको बताए । उनीहरुले वडा सचिवले समन्वय गर्दा पनि सेवामा सुधार नभए निगरानी समुहको तर्फबाट जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयमा लिखितरुपमा नै डेलिगेसन जाने बताए ।
पुरानागाउँमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा अन्तरक्रिया
- प्रकाशित मिति: मंगलबार, चैत्र २९ २०७३
- तामाकोसी खबर