रामेछापको २ नगरपालिका र ६ गाउँपालिकाका कार्यकारी अधिकृतलाइ मतदाता शिक्षा

  • प्रकाशित मिति: शनिबार, चैत्र २६ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत २६ गते,
जिल्ला निर्वाचन कार्यालय रामेछाले जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई मतदाता शिक्षा सम्बन्धमा अभिमूखीकरण प्रदान गरेको छ । स्थानीय समन्वय कर्ताको रुपमा  रहेका कार्यकारी अधिकृतहरुलाई शनिबार अभिुमुखीकरण कार्यक्रम आयोजना गरी मतदाता शिक्षाका बारेमा जानकारी गराएको कार्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेल, पत्रकार महासंघका अध्यक्ष रमेश ढुगेल लगाएतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी गौतमले १९ बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदानका लागि नागरिकहरु आतुर रहेको बताए । उनले ती नागरिकहरुलाई मतवदर हुनबाट जोगाउन स्थानीयस्तरमा प्रभावकारी मतदाता शिक्षा कार्यक्रम लैजानु आवश्यक रहेको बताए  । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले वदर मत न्यूनिकरण गर्नु अभिमुखी करण कार्यक्रमको उद्देश्य रहेको बताए । उनले आअफ्ना वडा सचिवहरुको समन्वयमा मतदाता शिक्षा सञ्चालन गर्न कार्यक्रममा सहभागिहरुलाई आग्रह गरे । अभिमुखी कार्यक्रममा मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा, रामेछाप नगरपालिकाका कार्यकारी अधिकृतहरु गणेश नेपाली ,खाडादेवी, दोरम्बा, सुनापाति, लिखु, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका कार्यकारी अधिकृतहरु दुर्गा दाहाल, सुमन भट्टराई, बिमला रेग्मी, टार्जन लिम्बु, प्रदिक कुमार खड्का र गंगा काफ्ले लगाएतको सहभागिता रहेको थियो ।