रामेछाप । चैत २५ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका भित्र निर्माण भैरहेका घर मध्य २ सय ८९ वटा घर दास्रो किस्ताका लागि सिफारिस भएका छन् । मन्थली नगरपालिकाले नगर क्षेत्र भित्र भूकम्प पछिको पुन निर्माणका क्रममा नक्सा निर्माण जारी रहेका ६ सय ६१ घर मध्ये ३ सय ८९ घर दोस्रो किस्ताका लागि सिफारिस भएको मन्थली नागरपालिकाले जनाएको छ ।

दोस्रो किस्ताका लागि सिफारिस हुनेमा साविकको सालुमा ८१, सुनारपानीमा ७९, चिसापानीमा ३२, कठजोरमा ७१, भटौलीमा ५५, भलुवाजेरमा २९, मन्थलीमा ४२ निर्माणधिन घर दास्रो किस्ताका लागि सिफारिस भएको मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । उनले दोस्रो किस्ताका लागि प्रक्रिया पुरा गरेका घरहरुलाई सिफारीस गरि सम्बन्धित निकायमा पठाइसकेको बताए ।
