रामेछाप । चैत २५ गते,
रामेछाप जिल्लाको मझुवा श्रोत केन्द्र अन्तर्गतका दलित समुदायका विद्यार्थीहरुलाई शुक्रबार विद्यालय सामाग्रिहरु वितरण गरिएको छ । जिल्ला समन्वय समिति अन्तगतको जिल्ला दलित वर्ग उत्थान जिल्ला समनन्वय समिति रामेछापको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापले ती सामाग्रिहरु वितरण गरेको हो ।

खाँडादेवी गाउँपालीका अन्तर्गतको भिरपानी सित्खामा एक कार्यक्रमको आयोजना गरि मझुवा श्रोत केन्द्र अन्तर्गतका ६ वटा विद्यालयका आधारभुत र माद्यामिक तहमा अध्यन गर्ने ३५ जना विद्यार्थीहरुलाई ती सामाग्रि उपलब्ध गराइएको हो । आयोजक संस्थाका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको सो कार्यक्रम संस्थाका केन्द्रिय सदस्य भिमबहादुर नेपालीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमा मझुवा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण श्रेष्ठले विद्यार्थीहरुलाई संस्थाले प्रदान गरेको विद्यालय सामाग्रि हस्तान्तरण गरेका थिए ।
हस्तान्तण गरिएका सामाग्रिमा विद्यालय जाने ब्याग, विद्यालय पोशाक, कपि, डटपेन, जोमेट्रिक बक्स लगायतका सामाग्रिहरु रहेका छन् ।
दलित समुदायका विद्यार्थीहरुलाई अध्यनको लागि थप उत्प्रेरणा मिलोस् भनि विद्यालय सामाग्रि प्रदान गरिएको संस्थाका अध्यक्ष लेखबहादुर बिकले बताए । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य भिमबहादुर नेपालीले सहयोगले विद्यार्थीहरुको पठनपाठमा सहयोग पुग्ने आशा व्यक्त गरे । श्रोत व्यक्ति रामकृष्ण श्रेष्ठले प्राप्त सहयोगलाई उपचित रुपमा प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला विकास समिति रामेछापका ज्योति सुवेदी, नेपाल पत्रकार महासंघ रामेछापका युनिकविफा घिसिङ, स्थानीय शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

