रामेछाप । चैत २४ गते ,
वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापबाट ६ सय जना म्यादी प्रहरी छनौट भएका छन् । जस मध्ये ३३ जना बैकल्पीकमा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
छनौट भएका म्यादि प्रहरीमा १ सय ४५ जना महिला र ४ सय ५५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्त प्रहरी निरिक्षक प्रेम जोशीले जानकारी दिए । वैकल्पीकमा नाम निक्लीएका ३३ जना मध्य ३ जना महिला रहेको जोसीको भनाई छ । छनौटमा परेको ब्यक्ति नआएको खण्डमा क्रमसंख्याका आधारमा वैकल्पीकमा छनौट भएका व्यक्तिहरुले अवसर पाउने जोशीले बताए । रामेछाप जिल्लामा म्यादी प्रहरीका लागि ८ सय ८ जनाको आवेदन परेको थियो ।
निर्वाचनका लागि रामेछापबाट ६ सय म्यादी प्रहरी छनौट
- प्रकाशित मिति: बिहिबार, चैत्र २४ २०७३
- तामाकोसी खबर