रामेछाप । चैत २० गते,
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ४ गौश्वरा खुला दिशामुक्त वडा घोषणा भएको छ । वडा स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समिति गौश्वराको आयोजनामा शनिबार एक कार्यक्रमको आयोजना गरि सो वडालाई खुला दिशामुक्त घोषणा गरिएको हो ।

९ सय ५५ घर धुरीमा संयुक्त र एकल प्रयोजनको शौचालय निर्माण भएसँगै सो वडा खुला दिशा मुक्त भएको आयोजकले जनाएको छ । जिल्ला स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समिति रामेछापको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय , जिल्ला खानेपानि तथा सरसफाई डिभिजन कार्यालय , सबल परयोजना , युनिसेफ नेपाल , पहाडि समाज कल्याण केन्द्र दोरम्बा र सामुदायिक वन उपभोक्त्ता महासंघको सहयोगमा सो वडालाई खुला दिशामुक्त घोषणा गरिएको हो ।

दोरम्बा गाउँपालिका वडा नम्बर ४ का सचिव चन्द्रसिंह वाइबाको अध्यक्षतामा खुला दिशामुक्त वडा घोषणा कार्यक्रममा प्रमुख जिल्ला समन्वय समिति रामेछापका भिष्मराज भट्राई , खानेपानि तथा सरसफाई डिभिजन कार्यालयका सोमलाल श्रेष्ठ , पहाडि समाज कल्याण केन्द्र दोरम्बाका अध्यक्ष रत्न प्रसाद कडेँल , सबल परियोजनाका अमर बहादुर राई , पत्रकार महासंघ जिल्ला शाखा रामेछापका केन्द्रीय पार्षद युनिक विफा घिसिङ , स्थानिय शिक्षक उधव बहादुर थापा लगाएतले खुला दिशामुक्त पछिको अवस्था र यसको फाईदाको बारेमा आफ्नो धारण राखेका थिए ।
