रामेछाप । चैत १८ गते ,कैलाश खत्री,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा रहेको थानापती बाख्रा पालन कृषक समुह र सुनापती घाँस उत्पादक समुहको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न भएको छ । संस्थाका सदस्य र स्थानीयहरुलाई सो बाख्रापालन कृषक समुहले गरेको काम तथा गतिविधिहरु जानकारी गराइएको छ ।
नेपाल सरकार कृषी विकास मन्त्रालय व्यवसायीक कृषि तथा व्यापार आयोजना तथा विश्व वैंकको आयोजनामा सञ्चालित व्यावसायीक बाख्रापालन आयोजनामा कुल ६१ लाख ९० हजार ४ सय ९९ सय रुपैया लगानी रहने संस्थाका अध्यक्ष रामबाबु गिरी जानकारी दिए । विश्व बैंकको ३० लाख १२ हजार ९ सय ९९ रुपैया पुरक अनुदान र अनुदान ग्राही संस्थाको ३१ लाख ७७ हजार ५ सय रुपैयाँ रकम रहने अध्यक्ष गिरीको भनाई छ । अहिले करीब १ सय उन्नत जातका बाख्रा रहेको फर्ममा ५ सय बाख्रा अट्न सक्ने क्षमता रहेको अध्यक्ष गिरीले बताए । त्यसैगरी पुरानागाउँकै सुनापति घाँस उत्पादन समुहको पनि सार्वजनिक स्ुनुवाई शुक्रबारै सम्पन्न भएको छ । बार्षीक ३ हजार टन घाँस उत्पादन गर्ने लक्ष्य सहितको कुल ३९ लाख ६९ हजार ५ सय १४ रुपैया खर्च लाग्ने बजेट प्रस्तुत गरिएको थियो । ३ सय रोपनिमा उन्नत जातको घाँस खेतीगर्ने र त्यसको लागी स्थानीय सँग साझेदारी गरी काम थाल्ने सुनापती घाँस उत्पादन समितिले जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा मन्थली नगरपालिका वडा नम्बर ९ का सचिव प्रेम बहादुर श्रेष्ठ , विश्व बैँकका सार्वजनिक सुनुवाई अधिकृत बद्री ओझा ,पशु कार्यालयका प्राविधिक सुमन गिरी , कृषि अगुवा चन्द्र मानन्धर, पत्रकार महासंघका उपाध्यक्ष कैलाश खत्री , स्थानीय राजनीतीक दल , बाख्रापालन र घाँसखेती समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।
बाख्रापालन कृषक समुह र सुनापती घाँस उत्पादक समुह पुरानागाउँको सार्वजनिक सुनुवाई
- प्रकाशित मिति: शुक्रबार, चैत्र १८ २०७३
- तामाकोसी खबर