रामेछाप । चैत १७ गते,
रामेछाप जिल्लाका भूकम्प पीडितहरुलाई सुरक्षित आवसा निर्माणको लागि काठको अभाव हुदा घर बनाउने काम प्रभावित हुदै गएको छ । सरकारले रामेछाप जिल्लामााल काठ उपलव्ध गराएको छैन । सरकारले भूकम्पबाट घर गुमाएकाहरुलाई पुननिर्माणका लागि सहुलियत दरमा काठ उपलव्ध गराउने नीति लिएको थियो । काठ नपाउँदा स्थानीयको पुननिर्माणको काम महंगो परेको छ । काठको अभावमा पीडितहरुले घरमा सिमेन्ट र रड वन्धन हालेका छन् । जिल्लाका कुनै पनि पीडितले अनुदानको काठ पाएका छैनन्
। रामेछापमा अहिले बनिरहेका ६ हजा भन्दा बढी घरहरुले सबैले रड र सिमेन्टको बन्धन प्रयोग गरेका छन् । रामेछाप जिल्लामा ४ लाख क्यूवि फिट भन्दाबढी काठ आवश्यक पर्ने पुननिर्माण प्राधिकरणको अनुमान छ । सो मध्ये करिव १ लाख ५० हजार क्यूविकफिट काठ जिल्लाका निजी तथा सामुदायिक वनबाट निकाल्न सकिने अवस्था छ । तर ती काठ पनि स्थानीय जातका भएकोले गुणस्त कम हुने स्थानीयहरु बताउँछन् । स्थानीय काठको वन्धन हाल्दा धमिरा र किराले खाने समस्या हुने स्थानीयहरुको भनाई छ । राम्रो काठ नहाल्ने हो भने एकैवर्षमा धमिरो र मोच्काले खत्तम पार्ने मन्थली नगरपालिकाको भटौलीका निर्माण माझीको भनाइृ छ ।
काठको अभाव पूनिर्माणको प्रमुख समस्या मध्यको एक रहेको राष्ट्रि पूननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति रामेछापका प्रमुका ऋषिराज आचार्यले बताए । रामेछापमा पछिल्लो केही समय यता पुननिर्माणले केही गति लिएको भए पनि काठ, पानी र दक्ष कामदारको अभावले पूननिर्माणले सोचे जस्तो गति नलिएको उनले बताए ।
रामेछापमा काठको अभवा : पुननिर्माणको काम प्रभावित
- प्रकाशित मिति: बिहिबार, चैत्र १७ २०७३
- तामाकोसी खबर