स्थानीय निकायको निर्वाचनका लागि रामेछापमा ९० मतदान स्थल निर्धारण ( तपाईको मतदान स्थल कहाँ परेको छ हेर्नुहोस् )

  • प्रकाशित मिति: बुधबार, चैत्र १६ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत १६ गते,
बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि रामेछापमा ९० वटा मतदान स्थल निर्धारण गरिएको छ । जिल्लाको २ नगरपालिका र ६ गाउँपालिकामा जिल्ला सिफारिस समितिको निर्णयबाट ९० वटा मतदान स्थल निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार मन्थली नगरपालिकामा १९ र रामेछाप नगरपालिकामा १४ वटा मतदान स्थल निर्धारण गरिएको छ । त्यस्तै उमाकुण्डा गाउँपाालिकामा १०,गोकुलगंगा गाउँपालिकामा ६ ,लिखँु गाउँपालिकामा १० मतदान स्थल तोकिएको छ । त्यसैगरि दोरम्बा गाउँपाालिकामा ११ , सुनापति गाउँपालिकामा ९ र खाँडादेवी गाउँपालिकामा ११ वटा मतदान स्थल निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निमित्त निर्वाचन अधिकृत लोक बहादुर थापाले जानकारी दिए । अहिले निर्धारण गरिएको मतदान स्थलमा धेरै जासो पुरानैलाई कायम गरिएको छ भने केही नयाँ पनि थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै केहि मतदान स्थललाई संसोधन गरि नाम परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निमिक्त निर्वाचन अधिकृत थापाको भनाई छ ।