युवा सूचकमा नेपालले एक बर्षमा ६८ देशलाई उछिन्यो : युवा परिषद्का उपाध्यक्ष ढुंगेल

  • प्रकाशित मिति: मंगलबार, चैत्र १५ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत १५ गते,
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले विश्व युवा सूचकमा नेपालले एक बर्षको अवधिमा ६८ देशलाई उछिन्न सफल भएको बताएका छन् । विश्व युवा सूचकमा नेपाललाई १ सय ४५ स्थानबाट ७७ औँ स्थानमा ल्याउन युवा परिषद्को ठुलो देन रहेको दावि गरे । जिल्ला युवा समितिको कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा मंगलबार आयोजना गरेको पत्रकारसंग कार्यालयको काम कर्तव्य र अधिकार बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ढुंगेलले यस्तो बताएका हुन् । उनले युवा परिषद्ले युवाका सवालमा ल्याएको निति, कार्यक्रम र यूवाका लागि सिर्जना गरेको रोजगारिका हिसावले १ बर्षको अवधिमा नेपालले ६८ देशलाई पछाडि पारेको बताए । उनले नेपालमा विभिन्न निकायले युवाको उमेर समुहलाई फरक फरक रुपमा परिभाषित गरेकाले यसलाई एकिकृत गर्नु जरुरी रहेको बताए । अब युवा परिषद्ले सबैलाई एकिकृत गरि १६ देखि ४० बर्ष सम्मकालाई मात्रै युवा मान्न सकने योजना बनाएको उनको भनाई छ । यसका लागि विभिन्न मन्त्रालयको ध्यानकर्षण गराई सकिएकाले यो काम छिट्टै हुने उनले जानकारी दिए । उनले जिल्ला युवा समिति रामेछापलाई युवाका सवालमा बलियो बन्न निर्देशन दिए । युवा समिति हेर्नका लागिमात्रै नभई सबै युवाहरुलाई एक बनाएर महत्वपुर्ण काम गर्नका लागि स्थापना गरिएकाले त्यसलाई ध्यान दिएर काम गर्न उनले कडा निर्देशन दिए । उनले तत्काल जिल्लामा रहेको कार्यालय प्रमुखको बैठक बोलाएर जिल्ला युवा समितिका बारेमा जानकारी गराउन निर्देशन दिए । जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी एवं जिल्ला युवा समितिका कार्यालय प्रमुख लिला गौतमाले जिल्ला यूवा समितिको काम कर्तव्य अधिकार र युवाका लागि बनेका नीतिका बारेमा जानकारी गराएका थिए । उनले नेपालका युवाको वर्तमान अवस्था,चुनौती र अवसर ,राष्ट्रिय युवा नीति तथा भिजनहरु,जिल्ला युवा समितिको गठन प्रक्रिया ,काम कर्तव्य र अधिकार,युवा समबन्धि मन्त्रालय स्तरीय कार्यक्रमहरु र स्थानीय तहमा अन्तर निकाय समन्वय र सहकार्य लगाएतका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रमका अध्यक्ष एवं जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीले जिल्ला युवा समिति जिल्लाका सबै युवाहरुलाई एक बनाएर अगाडि बढ्ने बताए ।