रामेछाप । चैत १३ गते,
रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित मातृत्व तथा नवजात शिशुहरुको बचाउका लागि प्रेषण सेवाको सुदृढीकरण परियोजनाको जिल्ला स्तरीय अभिमूखीकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाको समन्वय र यूनिसेफ नेपालको सहयोगमा जिल्ला स्वास्थय कार्यालय रामेछाप र नेपाल जनस्वास्थ्य संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद साहाको अध्यक्षता र रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपाने,नेकपा एमाले रामेछापका सचीव आनन्द श्रेष्ठ, नेकपा माओवादि केन्द्र रामेछापका नेता एवं पुर्व साांसद तारानाराण श्रेष्ठ , जिल्ला समन्वय समिति रामेछापका सामाजिक विकास अधिकृत गोविन्द केट्टेल,नेपाल रेडक्रस सोशाईटि रामेछापका अध्यक्ष शिव कार्की , नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेल, लगााएत विभिन्न स्वास्थ्य संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रसुती प्रतिक्षालयको स्थापना ,यातायात प्रणलीको व्यवस्थापन ,आकस्मिक प्रसुती स्याहार घुम्ती कोषको स्थापना तथा व्यवस्थापन , समन्वय तथा संचारको सुनिश्चितता कसरी गर्न सकिन्छ लगाएतका बिषयमा छलफल भएको कार्यक्रममा बोल्दै रामेछापका सहायक प्रमुख जिल्ला अधिकारीले अहिलेको समयमा यस्तो कार्यक्रमले धेरै महत्व राख्ने बताए । उनले परियोजना मार्फत रामेछाप जिल्लामा हुने लागेका कार्यक्रमहरु योजना बद्ध ढंगले अगााडि बढाउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका सभापति लवश्री न्यौपानेले परियोजनाले योजना मात्रै बनाएर नहुने बताए । उनले परियोजना मार्फत बनेका योजनाहरु कार्यान्वयन तहमा पनि राम्रो हुन जरुरी रहेको बताए । उनले परियोजनाको योजनाामा कार्यक्रम केन्द्रीत स्थानका नागरिकहरुको समेत प्रत्यक्ष सहभागिता गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा माओवादि केन्द्र रामेछापका नेताा एवं पुर्व सांसद तारानारायण श्रेष्ठले परियोजना मार्फत हुन लागे
को कार्यक्रम राम्रो भए पनि सेवा सुविधा तल्लो तहाका नागरिकहरुले पाउने गरि लानुपर्नेमा जोड दिए । पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले परियोजना मार्फत आकस्मिक प्रसुती स्याहार घुम्ती कोषको स्थापना गर्दा व्यवहारिकतामा ध्यान दिनुपर्ने बताए । उनले यसअघि पनि यस्ता कोष स्थापना भएको तर योजना अनुसार काम नभई रकमको दुरुपयोग भएको बताए । कार्यक्रमका अध्यक्ष एवं जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद साहाले परियोजना मार्फत तत्काल जिल्लाको ४ स्थानमा आकस्मिक प्रसुती स्याहार घुम्ती कोषको स्थापना गर्ने लक्ष लिएको बताए । उनले जिल्लाको उँमाकुण्ड गाउँपलिका साविकको बाम्ती ,रामेछाप नगरपालिका साविकको ओख्रेनी , दोरम्बा गाउँपालिका साविकको दोरम्बा र जिल्ला स्वास्थ्य कार्यालयमा तत्कालका लागि ५० हजारका दरले आकस्मिक प्रसुती स्याहार घुम्ती कोषको स्थापना गरिने तयारी भएको बताए । उनले प्रत्यक कोषलाई उपलब्ध गराईने रकम कोषको खातामा दिईने बताए । जिल्ला स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य निरिक्षक केशव फुयालले कार्यक्रमको उद्देश्य बारेमा प्रकाश परेका थिए ।
रामेछापको ४ स्थानमा आकस्मिक प्रसुती स्याहार घुम्ती कोष स्थापना हुने
- प्रकाशित मिति: आइतबार, चैत्र १३ २०७३
- तामाकोसी खबर