नयाँ संरचनामा जाँदा सेवा प्रवाहमा अन्यौलता बढेको सरोकारवालाहरुको भनाई

  • प्रकाशित मिति: बुधबार, चैत्र ९ २०७३
  • तामाकोसी खबर
चैत ९ गते, रामेछाप । मूलुक संघियताको नयाँ संरचना अन्तर्गतका गाउँपालिका र नगरपालीको अभ्यासमा जाँदा सेवा प्रदायक र सेवाग्राहिमा केही अन्यौलता देखिएको सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय रामेछापको सहयोगमा मानवअधिकार संरक्षण सञ्जाल रामेछापले बुधबार सदरमुकाम मन्थलीमा आयोजना गरेको सेवा प्रदायक निकाय बिचको अन्तरक्रिया तथा नागरिक समाजको छवि सुधारको सवाल विषयक कार्यक्रमका सहभागिले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्ने राजनीतिक दलका प्रतिनिधि, सेवा प्रदायक तथा सेवाग्रहिले समेत अहिले अन्यौलको अवस्था रहेको बताए । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले अहिले स्थानीय तहमा सेवा विकेन्द्रित भएको बताउँदै यो सूचना नागरिक समक्ष पुर्याउन जरुरी रहेको बताए । गैससहरु सरकारका निकायमा दर्ता भएरै सञ्चालन भएकाले उनीहरुलाई गालि गर्नुको अर्थ नरहेको बताए । कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्नु पर्नेमा उनले जोड दिए । नेपाली काँग्रेसका नेता झपडराज भण्डारीले नागरिकले पाउने सेवा अब प्रभावकारी बनाउनु पर्ने बताए । उनले सामाजिक संस्थाहरुले राम्रो काम गरेका भए पनि केही सुधार गर्नुपर्न बताए । भण्डारीले राजनीतिक दल र संस्थाहरुलाई प्रसस्तै आरोप लाग्ने गरेको बताए । उनले जसले काम गर्छ त्यसका कुरा काट्नेहरु पनि धेरै हुने भएको बताउँदै गलत काम भने गर्न नहुने बताए । उनले केही संस्था र राजनीतिक व्यक्तिको कारण यो क्षेत्र आलोचित भएको बताए ।
नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले परिवर्तनलाई सकारात्म रुपमा लिई अधिकार प्रवाहमा लाग्नु पर्नेमा जोड दिए । श्रेष्ठले कुनै पनि दलमा आवद्ध हुनु व्यक्तिको अधिकार भएकोले त्यसैको अधारमा उसको कामको नकारात्मक टिप्णी गर्नु गलत हुने बताए । उनले नेपालमा एनजिओवाई कस्तो काम गर्न दिने भन्ने अधिकार राज्यसँगै भएकोले यदि उनीहरुका काम गलत भए प्रवेशमा नै रोक्नु पर्ने बताए । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धावा लामाले राज्य एकात्मक प्रणालीबाट संघियतामा गएको सन्दर्भमा नागरिकका अधिकार पनि त्यसैगरी प्रवाह हुने पर्नेमा जोड दिए । लामाले एनजीओवले गर्ने काममा पारर्दीता र जवाफदेहीताको प्रश्न उठेको बताए । उनले सप्mटवेरको काममा बढी वदमासी हुने गरेको पनि बताए । राप्रपाका उपाध्यक्ष रामचन्द्र कँडेलले नागरिकले सहज सेवा पाउने कुरामा सबै सचेत र सतर्क हुने पर्ने बताए । कार्यक्रममा अहिलेको संरचनामा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा जिल्ला विकास समिति रामेछापका सामाजिक विकास अधिकृत गोविन्द कट्टेलले जानकारी गराएका थिए । कट्टेलले गैससका हरेक कार्यक्रम जिविसमा अनुमोद भएर जाने भएकोले वदमासी हुने ठाउँ त्यति नहुने बताए । तर अनुगमनको पाटो फितलो हुँदा काममा केही गुनासो आएको उनले बताए । कार्यक्रममा बोल्दै पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्यले अब गाउँपालिकाको वडाले विगतको गाविसको भन्दा धेरै अधिकार प्राप्त गरेकोले नागरिकका अधिकार धेरै सुरक्षित हुने बताए । उनले सरकारी र गैससले एकअर्कालाई आरोप लगाउँदा हिलो छ्याप्ने काम मात्रै हुने बताए । दुवै राज्यका अंग भएकाले मिलेर जानुपर्नेमा उनले जोड दिए ।
जिल्ला शिक्षा कार्यालय रामेछापका उपसचिव हेमन्त बुढाथोकीले नयाँ ऐन आएपछि शिक्षाको सबै अधिकार गाउँपालिकामा जाने बताए । त्यस्तै वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र मल्ले कृषिका सबै संरचना गाउँपालिका र नागरपलिका मातहतमा हुनेभ एकोले त्यसले नागरिकको खाद्य अधिकारलाई थप मजवुत बताउने बताए । कार्यक्रममा गैरसरकारी संस्था माहासंघ रामेछापका उपाध्यक्ष भूवन कुमार श्रेष्ठले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई नागरिकको अधिकार सुरक्षित गर्नु पर्ने बताए । उनले गैससबाट कमजोरी भएको भए सच्चिन र सच्याउन तयार रहेको बताए । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समति रामेछापका सचिव श्रीबहादुर माझीले रामेछापका कुनै पनि गाउँपालिका तथा नगरापलीकामा कार्यकारी अधिकृतको रुपमा जनजाति समुदायका मानिसहरु नआउनु दुःखद विषय भएको बताए । उनले भूकम्प पीडितले भरेको गुनासोको उचित सुनुवाई समेत नभएको बताए । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले नागरिकका अधिकार प्रवाहलाई कसरी सहज बनाउन सकिन्छ र अहिलेको व्यवहारीक समस्या के छ भन्ने विषयमा प्रष्ट पार्न कार्यक्रम आयोजना गरिएको बताए । सञ्जालका संयोजक पाण्डव प्रसाईँले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारी, गैसस महासंघका कोषाध्यक्ष रत्नप्रसाद कँडेल, नेपाल रेडक्रस रामेछापका अध्यक्ष शिवकुमार कार्की, पदाधिकारीहरु, आदिवासी जनजाति महासंघ रामेछापका पूर्व अध्यक्ष खड्बहादुर आले, नेपाल राष्ट्रिय दलित कल्याण संघ रामेछापका अध्यक्ष लेखबहादुर बिक, नागरिक समाजका अगुवा, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
Type a message…