चैत ८, काठमाडौं – नयाँ शक्ति पार्टीले संसदमा प्रतिनिधित्व नगर्ने दलले स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने ब्यवस्थाको विरोध गरेको छ ।
स्थानीय निकाय निर्वाचन ऐन २०७३ मा संसदमा रहेका दललाई समानुपातिक हिसावमा चुनाव चिन्ह प्रदान गर्ने कुरा उल्लेख भएकोमा विरोध जनाउँदै यो व्यवस्थाले निर्वाचन आयोगमा दर्ता भएका दल चुनाव चिन्हबाट वञ्चित हुने र पार्टी दर्ता भएपनि उम्मेदवारले भिन्नाभिन्नै चिन्हबाट चुनाव लड्नुपर्ने अवस्था आउनु गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।
नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईसहितका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।