नेता ढुंगेलको निधनले नेपाली काँग्रेस रामेछाप स्तब्ध

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ४ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत ४ गते,
नेपाली काँग्रेस नेता एवं पुर्व कृषि सहायक मन्त्री रामहरी ढुंगेलको निधन प्रति नेपाली काग्रेस रामेछापले गहिरो दुःख प्रकट गरेको छ । नेपाली काँग्रेस रामेछापले ढुंगेलको निधनले नेपाली काग्रेस स्तब्ध भएको उल्लेख गदै पार्टीलाई ठुलो क्षति पुगेको भन्दै दुःख व्यक्त गरेको छ । नेता ढुंगेलको निधनपछिको यस दुखद् घडिमा शोक सन्तब्ध परिवार जनप्रति हार्दिक समबेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना समेत नेपाली काँग्रेस रामेछाप परिवारले गरेको छ । रामेछापको पकरवासमा जन्मिएर विद्यार्थी कालदेखि राजनितिक यात्रा सुरु गरेर ४ दशक लामो राजनितिक यात्रा पार गरेका नेता ढुंगेलको २०७३ चैत ३ गते ६१ बर्षको उमेरमा भएको असामयिक निधनले सिङगो नेपाली काँग्रेस पार्टीलाईनै ठुलो क्षेति पुगेको भन्दै नेपाली काग्रेस रामेछापले दुःख प्रकट गरेको छ ।
यसैबिच नेपाली काँग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले नेता ढुंगेललाई सादा जीवन उच्च विचारका धनी, सन्त नेता भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसमा सचिव कार्कीले अब सम्झना मात्र बाँकि रह्यो रामहरि दाइसँगको । अल बिदा रामहरि दाइ !! सादा जीवन उच्च विचारका धनी, सन्त नेता, नेपाली कांग्रेस रामेछापका पूर्व सभापति, पूर्व मन्त्री आदरणिय रामहरि ढुंगेलज्युको असामयिक निधनले भावविह्वल भएको छु भनेका छन् । उहाँको निधनले नेपाली कांग्रेसलाई अपुरणिय क्षति भएको छ । उहाँको मृतात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु फेसबुक मार्फत सचिव कार्कीले भनेका छन् ।