रामेछाप । ३ गते, चैत,
जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका विभिन्न ठाँउवाट ७ थान बरामद गरेको छ । बैशाख ३१ मा हुने स्थानिय तहको चुनावी सुरक्षालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय रामेछापले सूचना प्रकाशन गरेको थियो ।
सोहि सूचना प्रकाशन भएदेखि अहिले सम्म वडा ,ईलाकामा लुकाई छिपाई बैध तथा अबैध रुपमा राखिएका हातहतियार बन्दुकहरु ७ थान संकलन गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरिक्षक प्रेम जोसीले जानकारी दिए । जसमा भरुवा बन्दुक ६ थान संकलन भएकोमा १ थान अबैध र १२ बोर बन्दुक १ थान रहेको प्रवक्ता जोसीको भनाई छ । प्रहरीले २०७३ साल फागुन २७ गते भित्र हतियारहरु नजिकको प्रहरी कार्यालयमा जमा गर्न गराउन भनि २०७३ फागुन १९ गते सूचना प्रकाशन गरेको थियो । प्रहरीले सूचना जिल्ला प्रशासन कार्यालयको समन्वयमा हतियार बाहक तथा सर्वसाधारणका लागि प्रकाशन गरेको थियो ।
चुनावलाई मध्यनजर गदै रामेछाप प्रहरीद्धारा ७ थान बन्दुक बरामद
- प्रकाशित मिति: बिहिबार, चैत्र ३ २०७३
- तामाकोसी खबर