रामेछाप । २९ गते, फाल्गुण ,
शनिबार फागु पर्व रामेछापमा पनि हर्ष उल्लासका साथ विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व रामेछाप बासीले पनि एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर नाचगान गरेर मनाएका हुन् । रामेछापको सदरमुकाम मन्थलीमा कुनै औपचारीका कार्यक्रमहरु आयोजना नभएपनि विभिन ठाउँमा सामुहिक रुपमा भेला भएर एक आपसमा मैत्री भाव प्रकट गर्न र एक अर्कामा रंग दलेर नाचगानको कार्यक्रम गरि होली मनाएका हुन् । मन्थली बजार क्षेत्र होलीको रौनकले रङगमय बनेको छ । बालबालिका ,युवायुवती देखी लिएर बृद्धबृद्धा सम्म होली पर्वको रौनकमा रमाएर एकअर्कामा रङग दलेर होली मनाएका छन् । मन्थलीको देवकोटाचोक , कटहरवोट , बसपार्क लगाएतका स्थानमा साङगीतिक कार्यक्रमको आयोजना भएको थियो । होली पर्वका अवसरमा
हुनसक्ने अप्रीय घटनालाई मध्यनजर गरी बजार क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछापमा होली पर्वसंग जेडिएर केहि अप्रीय घटनाहरु नभएको प्रहरीको भनाई छ । तर पनि पर्वको समयमा अल्कोहल र निशाजन्य पदार्थहरुको सेवन गरेर रमाईलो गर्ने चलन रहेकाले त्यसको कडा निग
रानी राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा ब
स्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालका पहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई÷तीन दिनसम्म होली मनाउने चलन छ । यस्तै, सुदूरपश्चिमका पहाडी भेगमा पनि दुई दिनसम्म होली मनाउने प्रचलन छ ।
शनिबार होली पर्व ,रामेछापमा बेग्लै रौनक
- प्रकाशित मिति: आइतबार, फाल्गुन २९ २०७३
- तामाकोसी खबर