रामेछाप । २९ गते, फाल्गुण,
शुक्रबारदेखीको लगातार बर्षाका कारण जनजीवन प्रभावि बनेको रामेछापमा आईतबार बिहानैदखी चर्काे घाम लागेको छ । बर्षासंगै जिल्लाको उच्च हिमाली भेगहरुमा हिमपात समेत हुदा जनजीवन कष्टकर बनेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भएकोमा आईतबार बिहानैदेखी चर्काे घाम लागेको छ । २ दिन सम्म परेको लगातारको बर्षा त्यसपछिको चर्काे घाम लागेपछि रामेछापमा गर्मि बढ्ने अनुमान गरिएको छ । गर्मि मौसममा अत्याधिक गर्मिहुने रामेछापको सदरमुकाममा बसोबास गर्ने स्थानियहरु मन्थलीमा अ
ब गर्मिले उतपात हुने बताउछन् । २०७२ सालको विनाशकारी महाभूकम्प पश्चात टहराको बसाईमा रहेका नागरिकहरु लगातार २ दिनसम्म परेको बर्षा र हिमपातका कारण मारमा परेका थिए । जिल्लामा बिजुलीमा पनि पटक पटक अवरोध हुदा उपभोक्ताहरु मारमा थिए । मौसम सफा भएर घाम लागेपछि बिजुली पनि नियमित रुपमा आयात भैरहेको छ । बर्षाले अवरोध गरेको पुननिर्माणका काम पनि संचलन गर्ने नागरिकहरुले तयारी गरेका छन् । तर अहिलेको मौसमको कुनै भर नहुने भन्दै दोधारमा नागरिकहरु रहेका छन् । झण्डै ५० हजार घरहरु भूकम्पले क्षेति गरेपछि जिल्लाको विभिन्न ठाउँमा अहिले पुननिर्माणका काम धमाधम भैरहेको छ ।
कुनै ठाउँमा सरकारी अनुदानमा नागरिकहरुले घर बनाई रहेका छन् भने कुनै ठाउँमा गैर–सरकारी संघ संस्थाले दिएको अनुदान रकमबाट नागरिकहरुले घर बनाउने काम थालेका छन् । रामेछापमा निजी आवास पुननिर्माण ४३ हजार ६ सय ९ लाभग्राहि रहेकोमा ४१ हजार ९८ लाभ ग्राहिहरुसँग सम्झौता भएको र रामेछापमा ४१ हजार ८८ लाभग्राहिहरुलाइ पहिलो किस्ता अनुदान रकम उपलब्ध गराईसकिएको छ । जसमा सरकारले ३९ हजार ८ सय २४ जना लाभग्राहि सँग सम्झौता गरेको छ भने जिल्लाको रामपूर गाविस र मन्थली नगरपालीकाको वडा नं. २ मा नेपाल रेडक्रस सोसाइटि र विजुलिकोट ३ र ६ मा मेडयरको सहयोगमा सामुदायिक विकास समाज मन्थली रामेछापले १२ सय ६४ निजी आवास पुननिर्माणको जिम्मा लिएको पुननिर्माण प्राधिकरण रामेछापले जनाएको छ । रामेछापमा १४ हजार ५ गुनासो दर्ता भएकोमा ७ हजार ९ सय ३६ गुनासो फर्छौट पनि भैसकेको छ ।
रामेछापमा लगातार बर्षापछि मौसम सफा, आईतबार बिहानैदेखी चर्काे घाम
- प्रकाशित मिति: आइतबार, फाल्गुन २९ २०७३
- तामाकोसी खबर