काठमाडौं, फागुन २७ – सप्तरी घटनापछि स्थगित भएको नेकपा एमालेको मेची महाकाली अभियान शुक्रबारदेखि फेरि सुरु हुँदैछ ।
अभियानका क्रममा गएको सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको ज्यान गएपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको थियो ।
एमालेले बिहीबार हेटौंडाको भुटनदेवी चौरमा हुने सभामा शीर्ष नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ । सप्तरी घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई अभियान रोक्न आग्रह गरेपनि एमालेले अभियान नरोक्ने जनाएको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैको विरोध गर्न मेची महाकाली अभियान संचालन नगरेको भन्दै आफ्नो कुरा राख्न नागरिकमाझ गएको दोहो¥याउनुभएको छ । सप्तरी घटना र अभियानबारे जानकारी दिन एमालेले बुधबारदेखि देशैभरि अगुवा कार्यकर्ता भेला र सभा गर्ने निर्णय पनि गरेको छ ।