सामाजिक सुरक्षा भत्तामा भष्ट्राचारको आरोप: वडा सचिव निलम्बनमा

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २७ २०७३
  • तामाकोसी खबर

रुपन्देही, फागुन २७ – सामाजिक सुरक्षा भत्तामा भष्ट्राचार गरेको आरोपमा रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिकाको वडा नम्बर १३ र १४ का सचिव सुग्रिबप्रसाद कुर्मी निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्तामा अपचलन भएको भन्दै दुई वटा वडाका संयुक्त सचिव कुर्मीलाई निलम्बन गर्न आदेश दिएको पत्रका आधारमा निलम्बन गरिएको नगरपालिकाका कार्यकारी प्रमुख यमबहादुर कुँवरले जानकारी दिनुभयो ।



अख्तियारले साबिकको भगवानपुर गाविसका सचिव तुंगनाथ यादव र प्रद्युमनप्रसाद कुर्मीले पनि भष्ट्राचार गरेको ठहर गरेको छ । यादब र कुर्मी सेवा निवृत भइसकेका छन् ।