रामेछाप । २४ गते ,फागुन ,
रामेछाप जिल्लाको तिल्पुङ गाविसमा सञ्चालित सामुदायिक मेलमिलाप केन्द्र स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । युएसएडको आर्थिक सहयोगमा कानुनु अन्योसन तथा स्रोत विकास केन्द्र सेलर्ड मार्फत सञ्चालीत सो सामुदायिक मेलमिलाप केन्द्र सोमबार एक कार्यक्र
मका बिच समुदायलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा गाविसका प्रतिनिधि, गाविस स्थीत राजनैतिक दलका प्रतिनिधहरु, मेलमिलाप कर्ताा लगायतको सहभागिता रहेको थियो । सोहि कार्यक्रममा मेलमिलाप केन्द्रको दिगोपनाका लागि सेलर्डका तर्फबाट प्रदान गरिएको ५० हजार रुपैँयाको चेक मेलमिलाप केन्द्रकी संयोजक कमला बस्नेत अधिकारीलाई हस्तान्तरण गरिएको सेलर्ड जिल्ला कार्यालय रामेछापले जनाएको छ ।
मेलमिलाप केन्द्र समुदायलाई हस्तान्तरण
- प्रकाशित मिति: मंगलबार, फाल्गुन २४ २०७३
- तामाकोसी खबर