रामेछापको साठ्ठिमुरेमा ट्रक दुर्घटना , ३ जना समान्य घाईते

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २३ २०७३
  • तामाकोसी खबर

रामेछाप । फाल्गुण २३ गते,

रामेछापको मन्थली नगरपालिका १३ साठ्ठिमुरेमा ट्रक दुर्घटना हुदा ३ जना समान्य घाईते भएका छन् । मन्थली न पा १३ साठीमुरेमा सोमबार घर निर्माणका लागि ढुङ्गा बोकेको ना ५ ख ८२६१ नम्बर ट्रक दुर्घटना भएको हो । सो दुघटनामा परी टुनिबोटेका ४२ बर्ष का गोपाल खत्री, बर्ष ३६ का शम्भु खड्का र साठ्ठिमुरेका बर्ष ३६ का सुक्रे सार्की समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइतेलाई उपाचारको लागी सदरमुकाम मन्थली ल्याउदै गरिएको प्रहरी कार्यलयले जनाएको छ । उकालो बाटोमा ब्रेक फेल भएर ट्रक अनियंत्रित भइ दुर्घटना भएको चालक मीन बहादुर बिकले बताएका छन् ।



photo By umesh prasai..