रामेछाप । फाल्गुण १८ गते,
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको अध्यक्षमा पुःन रमेश ढुंगेल सर्वसम्वत चयन भएका छन् । सदरमुकाम मन्थलीमा मंगलबार भएको पत्रकार ८ औँ जिल्ल अधिवेशन तथा १६औँ साधारण सभाले ढुंगेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा कैलाश खत्री , महिला उपाध्यक्षमा मन्जु उप्रेती , सचिवमा नवराज श्रेष्ठ , सहसचिवमा कल्याण बुढाथोकी , समाबेशी सहसचिवमा सम्बर बहादुर हायू र कोषाध्यक्षमा नारायण श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शान्ता श्रेष्ठ ,निरोज श्रेष्ठ,ज्ञानु श्रेष्ठ , उमङग मैनाली चयन भएका छन् । त्यस्तै पार्वती पाठक , निरोज सापकोटा ,बेद बहादुर श्रेष्ठ , लेख बहादुर बिक ,राचन्द्र बिक , रमेश कुमार सुनुवार ,दिपक घिमिरे ,सन्तोष ढुंगेल प्रदेश पार्षदमा चयन भएका छन् । त्यसैगरी नवराज पथिक ,टिका प्रसाद भट्ट ,हिमाल ढुंगेल ,सुमित श्रेष्ठ, युनिक बिफा घिसिङ र तुल्सीदेवी श्रेष्ठ केन्द्रीय पार्षद चयन भएका छन् । यसअघि ८ औँ जिल्ला अधिवेशन तथा १६औँ साधारण सभाको सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले मंगलबार उद्घाटन गरेका थिए । नेपाल पत्रकार महसंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वास्कोटाले पत्रकारले निगरानीकर्ताको भूमिका निर्वाह गर्नूपर्ने भएकाले आप्mनो छविलाई स्वच्छ राख्न आग्रह गरे । उनले पत्रकार समाजको नमुना बन्नु पर्ने बताउँदै नागरिकका आवाजलाई सरोकारवालासम्म पु¥याउन पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए । उनले पत्रकारलाई समाजले हेरि रहने भएकाले आप्mनो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न आग्रह गरे ।

कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रभुनारायण बस्नेतले नेपालको पत्रकारीताले अप्ठेरो अवस्था पार गर्दै आएको बताउँदै अझै पनि पत्रकारीता सहज अवस्थामा आई नसकेको बताउनुभयो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकार जगदीश मिश्र, नेपाली काँग्रेसका सभापति लवश्री न्यौपाने, नेकपा एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेल, एमाओवादी केन्द्रका जिल्ला इञ्चार्ज मैनकुमार मोक्तान लगायतले महासंघको अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका पूर्वसभापतिहरु दिनेश गाउँले, नवराज पथिक, बद्रि नयाँघरे, हिमाल ढुङ्गेल र टीकाप्रसाद भट्टलाई सम्मान गरिएको थियो ।

यसैबिच रामेछाप जिल्लामै पहिलो अनलाइन पत्रिका र रेडियो एकै साथ संचालनमा आएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको आठांै जिल्ला अधिबेशन तथा १६ औँ साधारण सभाको अवसरमा मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले अनलाईन रेडियो तथा अनलाईन पत्रिकाको उद्घाटन गरे । जिल्लामा सञ्चालित रेडियो तथा पत्रिकामा क्रियाशिल पत्रकारहरुले संयुक्त रुपमा संचालन गरेको तामाकोसी अनलाईन पत्रिका तथा रेडियोले बिशेषत ग्रामिण भेगका नागरिकका समाचारहरु खोजी गरी उनीहरुको समस्याका बारेमा सरोकारवाला निकायलाई खबरदारी गर्ने तामाकोसी अनलाईन पत्रिका तथा रेडियोका अध्यक्ष पुरुषोत्तम कडरियाले बताए ।