२८ मन्थली ।
अहिलेका चर्चित लोक दोहरी गायक प्रकाश कटुवाललाई निर्बिरोध अध्यक्षमा चयन गरेर रामेछाप सास्कृतिक कलाकार समाजको भेला सम्पन्न भयको छ । रामेछाप जिल्लामा जन्मिएर कलाकारिताको क्षेत्रलाई कर्मथलो बनाएका कलाकारहरुको हक, हित, अधिकारलाई संस्थागत गर्ने उदेश्यले विगत देखिनै विधिवत रुपमा दर्ता भएको समाज निस्कृय रहेको अबस्थामा कटुवालको नेत्रित्वमा थप क्रियाशिल बनाउने बताइएको छ ।
रामेछाप जिल्लाका नयाँ तथा पुराना गरी विभिन्न विधामा करीव तीन सय भन्दा बढि कलाकारहरु रहेका छन् । नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रामकुमार पौडेल, उपाध्यक्ष सीता थापा, उपाध्यक्ष रामकुमार कार्की, उपाध्यक्ष सुन्दर बिरही पाख्रीन, महासचिव उत्तम पौडेल, प्रवक्ता कुमार कार्की, सचिव युनिक बिफा घिसिङ्, सहसचिव उत्तम सुबेदी, कोषाध्यक्ष नबिना घिसिङ्, सह कोषाध्यक्ष युनिक भोजराज बि.क. लगाएत २१ सदस्यीय समिति निर्माण भएको छ । अन्य सदस्यहरुमा प्रेमशिला योञ्जन्, सन्ध्या शानु घताने, सुन्दर गोपाल पौडेल, सुरज लामा घिसिङ्०, एच्. बी. कार्की बिन्दास्, तीर्थ बिरक्त पाख्रीन्, बिनोद लामा, सुशान्त कार्की, एच्. बी. रसाईली र संगम लामीछाने रहेका छन् ।