ओखलढुंगा । २७,माघ
राष्ट्रिय प्रजातन्त्र पा
र्टी ओखलढुंगाको अध्यक्षमा राजेनद्र गुरुङ चयन भएका छन् । पार्टीको जिल्ला एकता अधिवेशनबाट गुरुङ सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट गुरुङको अध्यक्षतामा २७ सदस्यि जिल्ला कार्यसमिति समेत चयन भएको राप्रपा ओखलढुंगाले जनाएको छ । चयन भएका पदाधिकरीहरुमा नेतृत्व बाडफाडका लागी आगामी कार्यसमितीको बैठले निर्णय गर्ने अध्यक्ष गुरुङले बताए । यस अघि राप्रपाको नगर तथा क्षेत्रिय स्तरको अधिबेशन सम्पन्न भैसकेको छ ।
राप्रपा ओखलढुंगाको अध्यक्षमा राजेन्द गुरुङ
- प्रकाशित मिति: बिहिबार, माघ २७ २०७३
- तामाकोसी खबर