रामेछाप । २४,माघ
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको आकाशेमा सोमबार गुडिरहेको मोटरसाईकलवाट खस्दा एक महिला गम्भिर घाईते
भएकी छिन् । मन्थलि नगरपालिका २ आकासे पूलबाट मन्थलि बजारतर्फ आउदै गरेको बा ८१ प ९२५७ नम्बरको मोटर साईकलको पछाडी बसेकी रामेछाप चनखु ८ की बर्ष ३० की प्रमिला बोहरा गम्भिर घाईते भएकी जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाईते बोहोरालाई सदरमुकाम मन्थलीमा रहेको तामाकोशि सहकारी अस्पतालमा सामान्य उपचार गरि थप उपचारकालागी जावलाखेल अल्का अस्पतालमा ललितपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरिक्षक प्रेम जोसीले जानकारी दिएका छन् । उनले मोटरसाईकल चालक र मोटरसाईक आफुहरुको नियन्त्रणमा रहेको बताए ।
मन्थलीमा मोटरसाईकलबाट खसेर एक महिला गम्भिर घाईते
- प्रकाशित मिति: मंगलबार, माघ २५ २०७३
- तामाकोसी खबर