मन्थलीमा कृषि सेवा विकास कार्यक्रम सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी

  • प्रकाशित मिति: मंगलबार, माघ १८ २०७३
  • तामाकोसी खबर

रामेछाप । माघ १८ गते,
रामेछापको सदरमुकाम मन्थलीमा नेपाल कृषि सेवा विकास कार्यक्रमको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी मंगलबार सम्पन्न भएको छ । निमिक्त स्थानिय विकास अधिकारी लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो गोष्ठीको जिल्ला कृषि विकास कार्यालय रामेछापले आयोजाना गरेको हो । कार्यक्रममा हेल्भेटास स्विस ईन्टरकोअप्रेशन नेपालको प्रयासमा हुन लागिरहेको बिभिन्न कार्यक्रमका बारेमा सहभागहिरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा साना सिंचान कार्यक्रम अन्र्तगत जिल्लामा हुने कार्यक्रम ,घर बगैचा कार्यक्रम अन्र्तगत हुने कार्यक्रम र नेपाल कृषि विकास बजार कार्यक्रम अन्र्तगत जिल्लामा हुन लागेको कार्यक्रमका बारेमा छलफल भएको थियो । कार्यक्रमका सहभागहिरुले संस्थाहरुले कृषिमा लक्षित कार्यक्रमहरु ल्याउदा सबैभन्दा पहिला बजारिकरण र संकलन केनद्रमा ध्यान दिनु पर्ने बताए ।
उनिहरुले जिल्लामा चिस्यानकेन्द्रहरु नहुदा बिभिन्न ठाउमा किसानहरुले उत्पादन गरेका सामाग्रीहरु खेर गैरहेकाले यसमा पनि ध्यान दिन सरोकारवाला निकायहरुको ध्यानाकर्णष गराए । उनिहरुले रामेछापका अधिकांस गाविसमा खानेपानीको समेत अभाव भएकाले सिंचाईको झनै समस्या भएको बताए । उनिहरुले खानेपानी र सिंचाईमा पहँुच पु¥याउनका लागी कोसीको पानी लिफ्ट गरेर गाउँमा पु¥याउनुको बिकल्प नभएको बताए  । संस्थाहरुले स–साना कामहरु ल्याउने अनि यति सकियो त्यति सकियो भन्ने तर त्यसको परिणाम भने खासै नदेखिने भएकाले  ठुला र परिणाम देखिने खालका योजनाहरु ल्याउन उनिहरुले सुझाब दिए ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सचिव लेकबहादुर कार्की,नेकपा एमाले रामेछापका उपाध्यक्ष प्रेम बहादुर तामाङ,राप्रपाका बरिष्ठ उपाध्यक्ष केशव प्रसाद दाहाल, नेकपा मालेका सचिव ओमबाबु पुरी,संघिय समाजवादी फोरम नेपाल रामेछापका अध्यक्ष सोनाम ग्यापक, जिल्ला कुषि विकास कार्यालय रामेछापका बरिष्ठा कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्ल ,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेल ,गैर–सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भुवन कुमार श्रेष्ठ, रामेछाप उद्योग बाणिज्य संघका महासचिव जगन्नाथ दाहाल लगाएत बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।