रामेछाप । माघ १८ गते,
रामेछाप जिल्लामा अहिले सम्म ५ सय निजि घरहरु निर्माण भइसकेको पुननिर्माण प्राधिकरण रामेछापक शाखाले जनाएको छ । जिल्लामा अहिले करिव ३ हजारको हाराहारिमा घरहरु पुननिमाणको चरणमा रहेको र २७ सय लाभग्राहिहरु दोस्रो किस्ताको लागि अनुदान माग गर्ने तयारीमा रहेको पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्यले जानकारी दिएकका छन् । रामेछापमा निजी आवास पुननिर्माण ४३ हजार ६ सय ९ लाभग्राहि रहेकोमा ४१ हजार ९८ लाभ ग्राहिहरुसँग सम्झौता भएको र ४१ हजार ८८ लाभग्राहिहरुलाइ पहिलो किस्ता अनुदान रकम उपलब्ध गराईएको उनको भनाई छ ।
जसमा सरकारले ३९ हजार ८ सय २४ जना लाभग्राहि सँग सम्झौता गरेको छ भने जिल्लाको रामपूर गाविस र मन्थली नगरपालीकाको वडा नं. २ मा नेपाल रेडक्रस सोसाइटि र विजुलिकोट ३ र ६ मा मेडयरको सहयोगमा सामुदायिक विकास समाज मन्थली रामेछापले १२ सय ६४ निजी आवास पुननिर्माणको जिम्मा लिएको पुननिर्माण प्राधिकरण रामेछापक प्रमुख आचार्यले बताए ।
रामेछापमा १४ हजार ५ गुनासो दर्ता भएकोमा ७ हजार ९ सय ३६ गुनासो फर्छौट भएको , ६ हजार गुनासो फर्छौट हुने तयारिमा रहेको र यसका लागी केन्द्रसँग समन्वय भैरहेको उनको भनाई छ । यता अधिकांस गाविसहरु सुख्खा रहेको जिल्लामा घर बनाउनका लागी पानी नहुदा नागरिकहरु समस्यामा परेका छन् । खानेपानीको समेत अभाव भएका ठाउँमा कसरी घर बनाउने भनेर नागरिकहरु चिन्तीत बनेका छन् ।
रामेछापमा २७ सय घर दोस्रो किस्ता पाउन योग्य
- प्रकाशित मिति: मंगलबार, माघ १८ २०७३
- तामाकोसी खबर