नवनियुक्त ११ मन्त्रीद्धारा पद तथा गोपनीयताको शपथग्रहण

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २ २०७४
  • तामाकोसी खबर

काठमाडौं । चैत ३ गते,
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा एमालेका ६ जना र माओवादी केन्द्रका तर्फबाट ५ जनामन्त्री शुक्रबार थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारै साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् । नवनियुक्त मन्त्रीहरुमा एमालेबाट प्रदीप ज्ञवाली–परराष्ट्र, गोकर्ण विष्ट–श्रम तथा रोजगार, रवीन्द्र अधिकारी– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, रघुवीर महासेठ–भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङ–कानुन, न्याय तथा संसदीय मामिला र जगत विश्वकर्मा–युवा तथा खेलकुदमन्त्री रहेका छन् ।
यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन–ऊर्जा, जलस्रोत तथा सिँचाइ, गिरिराजमणि पोखरेल–शिक्षा, शक्ति बस्नेत–वन तथा वातावरण, चक्रपाणि खनाल–कृषि तथा भूमि व्यवस्था र सहकारी र वीना मगर–खानेपानीमन्त्री रहेका छन् । यस्तै, एमालेबाटै गोकुल बाँस्कोटा(सन्चार राज्यमन्त्री बनेका छन् भने पद्मा अर्याल(स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।