कांग्रेस सांसदको महत्वपुर्ण बैठक आज बस्दै (यस्ता छन् एजेन्डाहरु)

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १२ २०७४
  • तामाकोसी खबर

फागुन १२, काठमाडौं– नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसदको महत्वपुर्ण बैठक शनिबार बस्दैछ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजेका लागि बोलाइएको हो ।



बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत मुल एजेन्डा सहितको विषयमा छलफल हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा सांसदहरुले विधानको टुंगो लगाउने संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गर्नेबारे धारणा जनाइएको छ ।

त्यसकै आधारमा आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विद्यानबारे निर्णय गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ गरी ७६ जना सांसद छन् ।