रामेछापमा बाम गठवन्धन र कांग्रेसको चुनावी अभियान

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक १७ २०७४
  • तामाकोसी खबर

रामेछाप । कार्तिक १७ गते,
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापका राजनीतिक दलहरुको सभा तथा घरदैलोमा कार्यक्रम जारी छ । वाम गठबन्धनका तर्फबाट रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्याम कुमार श्रेष्ठ , प्रदेशसभाको निर्वाचन क्षेत्र नं १ का उम्मेदवार शान्ति प्रसाद पौडेल र क्षेत्र नं २ का उम्मेदवार कैलाश प्रसाद ढुंगेलले पार्टीका नेता तथा कार्यकर्ताका साथ सुचावी कार्यक्रममा गाउँगाउँमा छन् । त्यस्तै नेपाली काँग्रेसका तर्फवाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम , प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार रत्न कार्की र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार जित बहादुर मगर आफ्ना नेता कार्यकर्तालाई लिएर चुनावी प्रचार प्रसार अभियानमा गाउँगाउँमा छन् । बाम गठबन्धनको क्षेत्र नम्बर २ को चुनावी कार्यक्रम अन्र्तगत शुक्रबार रामेछापको दोरम्बा गाउँपालिकामा बृहत चुनावी जनसभा सम्पन्न भएको छ । कार्यक्रमलाई बाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार श्याम कुमार श्रेष्ठ , प्रदेश ख का उम्मेदवार कैलाश प्रसाद ढुंगेल , निर्वाचन परिचान समितिका संयोजक एवं नेकपा एमालेका केन्द्रीय सदस्य देव शंकर पौडेल , पुर्व सांसद एवं नेकपा एमालेकी नेतृ कमाला सुवेदी , नेकपा माओवादी केन्द्रका नेता डिल्लीमान तामाङ लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।
उता बाम गठबन्धनको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा उमाकुण्ड गाउँपालिका वडा नम्बर ६ गुप्तेश्वरमा कोणसभा सम्पन्न भएको छ । निर्वाचन परिचान कमिटि निर्वाचन क्षेत्र नम्बर १ का संयोजक प्रेम कुमार कार्कीको अध्यक्षतामा भएको सभामा प्रदेशसभा निर्वाचन क्षेत्र १ का उम्मेदवार शान्ति प्रसाद पौडेल , उमाकुण्ड गाउँपालिका अध्यक्ष एवं एमाले नेता शेर बहादुर सुनुवार , एमाले नेतृ शान्ता पौडेल , माओवादी केन्द्रका नेतृ सरिता रसाईली , एमाले नेता पुरुषोक्तम कडरिया लगाएतका नेताहरुले सम्वोधन गरेका थिए । बाम गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत शनिबार भुजिमा बृहत निर्वाचन कोणसभा हुने निर्वाचन परिचालन कमिटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का सहसंयोजक पुरुषोक्तम कडरियाले जानकारी दिए ।

यस्तै नेपाली काँग्रेसले पनि आफ्नो चुनावी कार्यक्रमलाई तिव्रता दिएको छ । नेपाली काँग्रेसले शुक्रबार जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । काँग्रेसले मन्थली नगरपालिका वडा नम्बर ४ सालु र मन्थली नगरपालिका ५ सुनारपानीमा पनि कोणसभा सम्पन्न गरेको छ । कार्यक्रममा रामेछापको प्रदेशसभा क का उम्मेद्वार रत्न कार्की , नेपाली काँग्रेसका जिल्ला सचिव लेख बहादुर कार्की , राप्रपा प्रजातान्त्रीकका जिल्ला उपाध्यक्ष शिवजी घिमिरे , नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष सुशिल अधिकारी लगाएतका नेताहरुले बोलेका थिए । काँग्रेसले रामेछापको निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत दोरम्बा गाउँपालिका वडा नम्बर ७ लखनपुरमा कोणसभा सम्पन्न गरेको छ । सभालाई नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम, प्रदेश ख का उम्मेदवार जित बहादुर मगर , तरुणदल रामेछापका अध्यक्ष दिनेश खड्का र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रत्नहरि ढुंगेल लगाएतका नेताहरुले बोलेका थिए ।