रामेछापमा बाढी-पहिरोको उच्च जोखिम: रातको समयमा यात्रा नगर्न प्रशासनको अपिल

  • प्रकाशित मिति: शुक्रबार, असोज ९ २०८३
  • तामाकोशी
AI generate badi pahiro

मन्थली, लगातारको भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रशासनले शुक्रबार साँझ ५:३० बजेदेखि शनिबार बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण यात्रा नगर्न अनुरोध गरेको छ।



प्रशासनले आधिकारिक बुलेटिन र सूचनाहरू नियमित रूपमा लिन र विपद् न्यूनीकरणका लागि स्थानीय तह, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चारमाध्यमहरूलाई एकजुट भई तयारी अवस्थामा रहन अनुरोध गरेको छ।