रामेछाप । असार ४ गते ,
रामेछाप जिल्ला दुध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । नेपाल सरकारको नश्ल सुधार कार्यक्रमको प्रभावले जिल्लामा दुध र मासु उत्पादन बढेको जिल्ला पशु सेवा कार्यालय रामेछापले जनाएको छ । एक व्यक्तिका लागि ९१ लिटर बार्षिक दुध आवश्यक पर्नेमा जिल्लावाट उत्पादित दुधको मात्रालाई हेर्ने हो भने प्रति व्यक्ति ८४ लिटर दुध अहिले जिल्लामै उत्पादन भैरहेको जिल्ला पशुसेवा कार्यालय रामेछाापका पशु चिकित्सक डा. महेस देउबन्जारले बतााए । दुध उत्पादनमा बृद्धि हुदै जानुको प्रमुख कारण भनेको नेपाल सरकारले आर्थिक बर्ष २०६८÷६९ सालदेखी चलाएको पशु नश्ल सुधार कार्यक्रम प्रभावारी हुदै जानु रहेको डा. देउवन्जारको भनाई छ । जिल्लामा ३ प्रतिसतले बार्षिक रुपमा दुध उत्पादन बढ्दै गएको उनको भनाई छ । उनले राममेछाप जिल्ला मासुमा पनि आत्मनिर्भर बन्दै गएको बताए । 
एकजना व्यक्तिलाई बार्षिक १४ केजी मासु चाहिनेमा रामेछापमा अहिले १३.९९ केजि मासु उत्पादन भैरहेको पशु चिकित्सक डा. देउवन्जारको भनाई छ । उनले जिल्लामा रागाँ , भँैसी , खसी , बोका , सँुगुर भन्दा पनि बोईलर कुखुराको मासु धेरै उत्पादन भैरहेको बताए । रागाँ र भैँसी पनि धेरै उत्पादन हुने भएपनि यिनिहरु काठमाण्डौ लगाएत छिमेकी जिल्लाहरुमा मासुका लागि निकासा हुने गरेको उनको भनाई छ । आर्थिक बर्ष २०६८÷६९ देखी रामेछापलाई दुध , मासु र अण्डामा आत्मनिर्भर बनाउन भन्दै नेपाल सरकारले कृतिम कर्भाधान नश्ल सुधार कार्यक्रम चलाएको छ । सो कार्यक्रम अन्र्तगत आर्थिक २०७३÷७४ को बैशाख महिना सम्म २९ सय ८२ गाई भैसीमा कृतिम गर्भाधान नश्ल सुधार गरिएको पशुसेवा कार्यालय रामेछापको तथ्याङ्कमा छ । यो अभियानलाई अझ प्रभावकारी रुपमा किसानसम्म पु¥याउनका लागि विभिन्न ठाउँमा कृतिम गर्भाधान नश्ल सुधारका बारेमा चेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
रामेछाप मासु र दुधमा आत्मनिर्भर बन्दै
- प्रकाशित मिति: आइतबार, असार ४ २०७४
- तामाकोसी खबर