काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ । गत २४ घण्टामा ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर परीक्षणमा ६ हजार ६ सय ७७ तथा ३ सय २२ एन्टिजेन परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ५ लाख ४० हजार ७ सय ७५ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६७१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६ सय ३ पुगेको छ ।
२४ घण्टामा ६७१४ जनामा कोरोना संक्रमण, ६७१६ संक्रमणमुक्त
- प्रकाशित मिति: बुधबार, जेष्ठ १२ २०७८
- तामाकोशी