घरेलु मैदानमै रोनाल्डोको टोली युभेन्टस पराजित (भिडियो सहित)

  • प्रकाशित मिति: बुधबार, पुष ८ २०७७
  • तामाकोशी

काठमाडौँ । साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबलको यो सिजनमा पहिलो पटक पराजित भएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा १८ औँ मिनेटमा ख्वान कुआड्राडो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसअघि नै तेस्रो मिनेटमा भ्लाहोविधले फियोरेन्टिनाका लागि गोल गरेका थिए ।



७६ औँ मिनेटमा युभेन्टसका लोबो सिल्भाले आत्मघाति गोल गरे । ८१ औँ मिनेटमा कासेरिसले गोल गरेपछि फियोरेन्टिना ३–० ले विजयी भयो । मंगलबारको खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्ने प्रयास गरेका थिए, तर सफल भएनन् ।

हारपछि १३ खेलबाट २४ अंक भएको युभेन्टस चौथो स्थानमा झरेको छ । १४ खेलबाट १४ अंकसहित फियोरेन्टिना १५ औँ स्थानमा झरेको छ ।