काठमाण्डौ । पौष ७ गते,
गएको २४ घण्टामा नौ सय ६६ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४५ हजार सात सय नौ पुगेको छ । यस्तै गएको २४ घण्टामा सात हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सात सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार दुई सय ३६ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै गएको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ९८ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय २९ रहेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५५ हजार २३६ पुग्यो
- प्रकाशित मिति: मंगलबार, पुष ७ २०७७
- तामाकोशी