नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुग्यो

  • प्रकाशित मिति: सोमबार, पुष ६ २०७७
  • तामाकोशी

काठमाडौं । पौष ६ गते,
पछिल्लो २४ घण्टामा नेपालमा ७४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १०७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ ।