रामेछापमा १४ सय ८ पीसीआर परीक्षण , ६४ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति: मंगलबार, असोज ६ २०७७
  • तामाकोशी

रामेछाप । असोज ६ गते,
स्वास्थ्य कार्यालयका अनुसार रामेछापमा हालसम्म १४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमा १ हजार ३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोनामुक्त भैसकेका छन् । अहिले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना , मन्थली नगरपालिकाकाको आइसोलेशनमा १ जना र गोकुलगंगा गाउँपालिकाको आइसोलेशनमा ८ जना संक्रमितको उपचार भैरहको स्वास्थय कार्यालयका जनस्वास्थ्य अभिकृत भुवन थापाले बताउनुभयो । उहाँका अनुसार मन्थली नगरपालिकाका २७ जना , रामेछाप नगरपालिकाका ४ जना , गोकुलगंगा गाउँपालिकाका १९ जना , दोरम्बा गाउँपालिकाका १ जना , लिखुतामाकोशी गाउँपालिकाका ११ जना र सुनापती गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको छ ।
जिल्लामा मंगलबारसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ५५ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा १ सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना जनाको स्वाब परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ४ जना महिला र २० जना पुरुष गरि २४ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला २१ जना र ५६ जना पुरुष गरि ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नुहोस्