खाँडादेवी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्दै

  • प्रकाशित मिति: बिहिबार, भाद्र २५ २०७७
  • तामाकोशी

रामेछाप । भदौ २५ गते,
रामेछापको खाँडादेवी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्दै छ । स्थानीय सरकारको समन्वयमा खाँडादेवी गाउँपालिकाको गोगनपानीमा स्वास्थ्य मन्त्रालयले अस्पताल निर्माणको काम अगाडि बढाएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले संयुक्त रुपमा अस्पतालको शिलान्यास समेत गर्नुभएको छ । आगामी तीन बर्षभित्र अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ । बहुबर्षिय ठेक्का अन्तर्गत गत बर्षबाट काम अगाडि बढेको अस्पताल निर्माणको लागि यस बर्ष पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका अध्यक्ष तामाङले बताउनभयो ।