नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९, संक्रमणबाट २३९ जनाको मृ*त्यु

  • प्रकाशित मिति: मंगलबार, भाद्र १६ २०७७
  • तामाकोशी

काठमाडौं । भदौ १६ गते,
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । पछिल्ले २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जना संक्रमित थपिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ७६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ११२ छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृ*त्यु भएको छ । हालसम्म कोरोनाबाट मृ*त्यु हुनेको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको थियो । हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।