रामेछाप । भदौ १६ गते,
रामेछाप स्थायी घर भै अहिले काठमाडौं बस्दै आएका थप दुईजनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । मंगलबा काठमाडौंमा बस्दै आएका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार संक्रमित हुनेमा २८ र ३८ वर्षका पुरुष छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाले अहिलेसम्म जिल्ला बाहिर बासोबास गर्ने महिला ८ जना र २७ जना पुरुष गरि ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
काठमाडौं बस्ने रामेछापका थप दुई जनामा कोरोना संक्रमण
- प्रकाशित मिति: मंगलबार, भाद्र १६ २०७७
- तामाकोशी