कोरोना रोकथामका लागि खाँडादेवी गाउँपालिकाले तत्काल अस्पताल सञ्चालन गर्ने

  • प्रकाशित मिति: मंगलबार, भाद्र १६ २०७७
  • तामाकोशी

रामेछाप । भदौ १६ गते,
रामेछापको खाँडादेवी गाउँपालिकाको पकरवासमा पाँच शैयाको कोरोना अस्पताल सञ्चालनमा आउने भएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि प्रत्येक स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने सरकारको निर्णय अनुसार पकरवासमा अस्पताल संचालन गरिने गाउँपालिकाले जनाएको छ । सरकारले केहिदिनअघि पूर्वाधार भएका स्थानीय तहमा तत्काल डाक्टर सहितको पाँच शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार पकरवासमा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई नै तत्काल पाँच शैयाको अस्पताल सञ्चालन गर्ने गृहकार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य चौकी पकरवासमा हाल एक्सरे, ल्याब सहितको बर्थिङ सेन्टर सञ्चालनमा छ । गाउँपालिकाको केन्द्रमा १५ करोड लगानीमा १५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढिसकेको छ ।