काठमाडौं । भदौ १५ गते,
नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित थपिएका हुन् । देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुष गरि ८९९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ले २४ घण्टामा ५ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । हालसम्म २१ हजार ४ सय १० जना निको भएर घर फर्किसकेका छन् । हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ । देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या २२८ जना पुगेको छ।
नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६०, संक्रमणबाट २२८ को मृत्यु
- प्रकाशित मिति: सोमबार, भाद्र १५ २०७७
- तामाकोशी