जस्ले आइसोलेसन तोडफोड गरे, उसलाई पनि कोरोना संक्रमण

  • प्रकाशित मिति: सोमबार, भाद्र १५ २०७७
  • तामाकोशी

संखुवासभा । आइसोलेसन तोडफोडका दुई जना आरोपीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेसनको सामग्री तोडफोड गर्ने ६० र ६२ वर्षीय दुई पुरुषहरूमा कोरोना संक्रमण भएको हो ।
बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्ला प्रहरी प्रमुख डिएस्पी नवराज पन्तका अनुसार उनीहरु एक समुह ८२ घण्टादेखि र अर्को समुह ४१ घण्टादेखि हिरासतमा रहँदै आएका छन् । उनीहरुलाई हिरासतमा रहदा संक्रमण भएको वा बाहिर नै संक्रमण भएको भन्ने यकिन नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रबक्ता रोषन श्रेष्ठले बताउनुभयो ।