रामेछाप । भदौ ८ गते,
रामेछाप जिल्लाकाका १ सय १६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । जिल्लाको मन्थली नगरपालिकाका ७ जना र खाँडादेवी गउँपालिकाका १० जना , जिल्ला अस्पतालबाट स्वाब संकलन गरिएका २९ जना , रामेछाप नगरपालिकाका २९ जना सहित १ सय १६ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लामा अहिलेसम्म ९ सय २८ जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ३३ जना मध्ये ३१ जना कोरोनामुक्त भएका छन् । अहिले मन्थली नगरपालिकाको आइसोलेशनमा २ जना संक्रमितको उपचार भैरहेको छ । हालसम्म जिल्ला अस्पतालमा ७९ , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय २५ , रामेछाप नगरपालिकामा १ सय २० , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ३४, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जना गरि १ हजार ७७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये १ सय १६ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १ जना महिला र २० जना पुरुष गरि २१ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ४ बेडको आइसोलेशन कक्ष र ५सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापका १ सय १६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, २१ जना क्वारेन्टीनमा
- प्रकाशित मिति: सोमबार, भाद्र ८ २०७७
- तामाकोशी