काठमाडौं । भदौ ६ गते,
नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा १२ हजार १९ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामामात्रै २१६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा छजना संक्रमित थपिएका हुन् । नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृ*त्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा गरी नौजनाको मृ*त्यु भएको जानकारी दिनुभयो । मृ*त्यु हुनेमा पर्साका तीन, सुनसरीका दुई, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एकरएकजना रहेका छन् । योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट १३६ जना ‘डिस्चार्ज’ भएको जानकारी दिनुभयो । योसहित कोरोना निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ । मन्त्रालयकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या ११ हजार ६५८ रहेको छ । ‘आइसोलेसन’मा १२ हजार ६२१ जना रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुग्यो , संक्रमणबाट थप ९ जनाको मृत्यु
- प्रकाशित मिति: शनिबार, भाद्र ६ २०७७
- तामाकोशी