नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, थप ८३८ संक्रमण पुष्टि

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ५ २०७७
  • तामाकोशी

काठमाडौं । भदौ ५ गते,
नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् । विभिन्न ११ जिल्लामा एकरएकजनाको मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ । प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । योसँगै कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा मात्रै १८२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट २५० जना ‘डिस्चार्ज’ भएको जानकारी दिनुभयो । योसहित कोरोना निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ । मन्त्रालयकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या १२ हजार २३४ रहेको छ ।