काठमाडौं । भदौ ३ गते,
नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमित हुनेको संख्या २८ हजार ९३८ पुगेको छ । बुधबार थप ६८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । योसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ। विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ५४ हजार बढीको पिसिआर परीक्षण भएको छ । त्यस्तै हालसम्म मृ*तक १२० जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृ*तकमा कोरोना पुष्टि भएको हो।
नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो, थप ६८१ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: बुधबार, भाद्र ३ २०७७
- तामाकोशी