कोरोना संक्रमणबाट थप ३ जनाको मृ/त्यु पुष्टि

  • प्रकाशित मिति: आइतबार, साउन ३२ २०७७
  • तामाकोशी

३२ साउन, काठमाडौं । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणका कारण थप तीन जनाको मृ/त्यु भएको पुष्टि भएको छ । यससँगै मृ तकको संख्या १०४ पुगेको छ । मृद्दतकमध्ये दुई जना पर्साका छन् भने एक जना कपिलवस्तुका छन् । पर्साको वीरगञ्ज(२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृ त्यु भएको छ । नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको शनिबार बिहान ७ बजे बाटोमै मृ त्यु भएको हो । मृ त्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

उनलाई एकसातादेखि ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या देखिएको, तर समयमै अस्पतालमा नल्याउँदा मृत्यु भएको चिकित्सक डाक्टर उदय नारायण सिंहले बताए । यस्तै वीरगञ्जकै मुर्लीका ६० वर्षीय पुरुषको शुक्रबार बेलुकी मृ त्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि २४ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका उनी उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए । शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा नि धन भएको गण्डक कोभिड अस्पतालका संयोजक डा। उदय नारायण सिंहले जानकारी दिए ।



यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका(७ का ४२ वर्षीय पुरुषको मृ त्यु भएको छ । तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको आईसीयुमा उपचारका क्रममा शनिबार बिहान मृ त्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।