रामेछापको दोरम्बामा पनि बजार बन्द

  • प्रकाशित मिति: शनिबार, साउन ३१ २०७७
  • तामाकोशी

रामेछाप । साउन ३१ गते,
कोरोना संक्रमण नियन्त्रणका लागि रामेछापको दोरम्बा गाउँपालालिका पनि गाउँपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । गाउँपालिकाले एक सूचना जारी गरी सेवा बन्द गरेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष कृषला घिसिङले सूचना जारी गरी गाउँपालिका भित्र दैनिक उपभोग्य सामान बिक्री गर्ने खाद्यान्न लगायतका पसल बिहान ५ बजेदेखि १० बजेसम्म मात्र खुल्ला राख्न पाइने बताउनुभएको छ । अन्य पसल र सेवा बन्द हुने उहाँले बताउनुभयो ।